पर्यटनमन्त्री योगेश भट्टराईको एक कलले छुटे ज्ञानेन्द्र

काठमाडौँ । सामाजिक अभियन्ता दाबी गर्दै आएका ज्ञानबहादुर शाही मन्त्रीले फोन गएपछि रिहा भएका छन्।

आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नै कारणले तनाव ग्रस्त स्थिति बनेपछि पक्राउ परेका उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले फोन गरेर छुटाएको बताइएको छ। शनिबार नेपालगञ्जबाट काठमाडौँ आउँदै गर्दै बुद्धएयरको जहाजमा भएको घटनालाई लिएर शाहीले पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

Advertisement

पत्रकार सम्मेलनमा झडप हुन थालेपछी प्रहरीले उनलाई पक्रेर लगेको थियो। मन्त्री भट्टराईले सुरक्षा निकायलाई फोन गरेर उनलाई रिहा गर्न भनेपछि उनी प्रहरीको नियन्त्रणबाट छुटेको बताइएको छ।

More News last news
Loading...