काठमाडौँ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम), महाराजगञ्जका डीन डा जगदीशप्रसाद अग्रवालमाथि एक व्यक्तिले दुर्व्यवहार गरेका छन्।
आइतबार दिउँसो २ बजे अन्तर्वार्ता लिन भन्दै कार्यालयमा पुगेका व्यक्ति मसी छ्यापेर भागेको डा अग्रवालले बताए।
‘दुईतीन दिनदेखि नेपाल टाइम्सको पत्रकार भनेर समय मागेको थिए’ अग्रवालले भने, ‘आज दिउँसो २ बजे समय दिएको थिएँ। मेरो कार्यलयमा छिर्नासाथ केही नबोली मसी मसी छ्यापेर भाग्यो।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
