बुद्ध एयरलाइन्सको १३ औँ नयाँ जहाज काठमाडौँ आइपुग्यो

काठमाडौं । बुद्ध एयरलाईन्सले आज थप अर्को ATR-72 जहाज भित्र्याएको छ। चेन्नाईबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गर्यो।

यससँगै बुद्ध एयरको जहाज संख्या १३ पुगेको छ भने ATR-72 जहाजको संख्या ८ पुगेको छ। बुद्धसँग अर्को ३ वटा ATR-42 र २ वटा बीच १९०० ‘डी’ जहाज रहेको छ। बुद्धले थप अर्को जहाज अक्टोबर महिनामा भित्र्याउन लागेको छ।

Advertisement

यस नयाँ जहाजबाट बुद्ध एयरले दशैंअघि नै उडान थाल्नेछ। आउँदा दिनहरुमा थुप्रै चाँडपर्व दशैं, तिहार र छठका कारण यात्रुहरुलाई आउजाउ गर्न सजिलो हुने कम्पनीले जनाएको छ।

More News last news
Loading...