काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले अध्यक्ष जितजंग बस्नेतलाई साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि बर्खास्त गरेका छन् ।
आज शनिबार दिउँसो अध्यक्ष बस्नेतले शाहीलाई बर्खास्त गरेको विज्ञप्ति सार्वजनिक गरेको केही समयपछि महासचिव शाहीले पनि एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतलाई एक वर्षका लागि सदस्य समेत नरहने गरि कारबाही गरिएको विज्ञप्ति निकालेका हुन् ।
अध्यक्ष बस्नेतले भ्रष्टाचारविरुद्धको कार्यक्रम रोकेको, तरुणदल विस्तारमा ढिलाइ गरेको, संगठनको विधि, विधान, मूल्य मान्यता र भावना विपरित तानासाहि प्रवृतिले अघि बढेको, बाढी पीडितका नाममा संकलित रकम दूरुपयोग गरेको लगायतका गतिविधिमा संलग्न भएको ठहर गर्दै महासचिव शाहीले बर्खास्त गरेको बताएका हुन् ।
यसअघि आजै अध्यक्ष बस्नेतले महासचिव शाहीलाई पदिय मर्यादा विपरित गएको भन्दै पदबाट हटाएको बताएका थिए ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
