काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्। उनले अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गरे।
जीवनरामले १७ मत पाउँदा उमेशलालको पक्षमा १० मत परेको छ। जीवनराम पहिलो कार्यकालमा पनि नेपाल ओलम्पिक कमिटीको अध्यक्ष थिए।
यसैगरी महासचिवमा जीवनराम प्यानलकै लिलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन्। उनले उमेशलाल प्यानलका उम्मेदवार पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पराजित गरे। लिलेन्द्रले १५ र पुरेन्द्रले १२ मत पाए।
यसैगरी ५ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ज्योती राणा (२६), चतुरानन्द राजवैद्य (२२), तेजबहादुर गुरुङ (२०), सुनिलकुमार श्रेष्ठ (१८) र अशोकरत्न बज्राचार्य (१५) निर्वाचित भएका छन्। उपाध्यक्षका अन्य प्रतिस्पर्धी समिम मिया अन्सारीले १२, पुष्पदास श्रेष्ठले ११ र राजीव श्रेष्ठले ११ मत पाए।
उपमहासचिव पदमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन चुनिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
