फोनमा व्यस्त थिइन् महिला, खाटमा रहेका एक जोडी सर्पमाथि बसेपछि…

भारत । भारतको उत्तर प्रदेशको गोरखपुर जिल्लामा एउटा निकै दुर्भाग्यपूर्ण घटना सार्वजनिक भएको छ। यहाँ एक महिला आफ्नो बेडरुममा आएको एक जोडी सर्पमाथि फोन गर्दागर्दै बसिन्। सर्पले उनलाई तुरुन्त डसे र उनको मृत्यु भयो।

गोरखपुर जिल्लामा बस्ने मिरा नामकी महिला फोनमा कुरा गरिरहेकी थिइन्। उनका श्रीमान् जय सिंह थाइल्याण्डमा काम गर्छन्। फोनमा कुरा गर्दागर्दै मिरा बेडरुममा गइन् र बेडमाथि बसिन्।

Advertisement

उनलाई थाहा थिएन, बेडमा एक जोडी सर्प छन्। सर्पले मिरालाइ डसेलगत्तै परिवारले उनलाई नजिकैको सरकारी अस्पताल भर्ना गरे त्यहाँका डाक्टरले उनलाई मऊ जिल्लाका लागि रिफर गरे तर उनको सरकारी अस्पतालमा नै मृत्यु भयो।

ती जोडी सर्प धेरै बेरसम्म बेडमा नै घुमिरहेको भारतीय मिडिया आजतकले बताएको छ। रिसाएका मानिसहरुले सर्पलाई पिटिपिटी मारिदिएको बताइन्छ। मिराका श्रीमान् थाइल्याण्डमा बस्छन्। मिराको एक वर्षकी छोरी पनि छिन्। जतिबेला यो घटना भयो तब उनी आफ्नी काकीसँग अर्को कोठामा सुतिरहेको स्रोतले बताएको छ।

More News last news
Loading...