सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार

जाजरकोट । तीन दिनदेखि सुत्केरी ब्यथाले छटपट्याएकी कुशे गाउँपालिका–८ लाताकी ३८ वर्षीया तुल्सी सुनारलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ।

भदौ २२ गते नै सुत्केरी हुने मिति तोकिएकामा तीन दिनअघि मात्र सुत्केरी बेथा लागेपनि सुत्केरी हुन कठिन भएपछि उनको उद्धार गरिएको हो।

Advertisement

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रमले सुनारको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

More News last news
Loading...