काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति ३३५ सदस्यीय बन्ने भएको छ। युवा संघ नेपाल र वाइसीएलबीच एकता भइ बनेको राष्ट्रिय युवा संघको विशेष बैठकले केन्द्रीय समिति ३३५ सदस्यीय बनाउन पार्टीसँग अनुमति माग्ने निर्णय गरेको हो।
बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै राष्ट्रिय युवा संघले ४ जना पछि थप्नेगरी ३३१ मध्ये साविक युवासंघ नेपालबाट १७६ र वासिएलबाट १५५ जना सदस्य चयन गर्ने जनाएको छ।
त्यस्तै बैठकले राष्ट्रिय युवा संघ नेपालको सचिवालयमा युवासंघबाट ५७ र वासिएलबाट ५२ जना गरी थप्ने निर्णय गरेको छ। त्यस्तै केन्द्रीय कार्यालयको नौ सदस्यका लागि युवासंघबाट ५ र वाइसिएलबाट चार जना चयन गरिने, संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने निर्णय पनि गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
