मन्त्री खनालपछि नेकपा नेता वामदेव गौतमलाई डेंगु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ।

केही दिनअघि कृषि मन्त्री चक्रपाणी खनाललाई पनि डेंगुकोे संक्रमण देखिएको थियो। उनी सोमबार मात्रै अस्पतालबाट डिस्चार्ज भएका छन्।

Advertisement

मन्त्री खनाल अस्पतालबाट डिस्चार्ज भएकै दिन फेरि नेकपा नेता गौतमलाई डेंगु सक्रमण देखिएको आशंका गरिएको छ। डेंगुको आशंकामा सोमबार टेकु अस्पताल पुगेका थिए। शनिबारबाट लगातार उच्च ज्वरो आएपछि नेता गौतमलाई डेंगुको आशंका गरिएको उच्च स्रोतले जनाएको छ। यद्यपी उनको रिर्पोट भने आइसकेको छैन्।

केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन्।

सिंगापुरमा डेंगुको महामारी फैलिएको छ। डेंगुले महामारी रुप लिएपछि त्यहाँको सरकारले आपतकालिन घोषणा गरेको छ।

More News last news
Loading...