पोखरा । मन्त्र ब्यान्डका सदस्य चढेको गाडीको ब्रेक फेल भएको छ। गाडीको ब्रेक फेल हुँदा ब्यान्डका ४ सदस्य घाइते भएका छन्। पोखरा १८ सराङकोटबाट झर्दै गर्दा गाडिको ब्रेक फेल भएको थियो।
गाडीको ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। दुर्घटनाबाट गाडिको अगाडिको भाग कुच्चिएको छ। ब्यान्डका सदस्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
‘त्यस्तो आत्तिन पर्ने गम्भीर केही छैन’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले भने, ‘सबैको अवस्था सामान्य नै छ. गाडीको ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको रहेछ।’
मन्त्र ब्यान्ड दार्जिलिङबाट सुरु भएको ब्यान्ड हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
