भोलि सार्वजनिक बिदा !

कपिलवस्तु । महाराजगंज नगरपालिकाले मगंलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले नेपालका हिन्दू मुस्लिमले मनाउने मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो।

महाराजगंज नगरपालिकामा हिन्दू मुस्लिमको बाहुल्यता छ। हिन्दू मुस्लिमले सद्भाव पर्वको रुपमा मोहर्रम मनाउने गर्छन्।

Advertisement

नगरपालिकामा हिन्दू मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिए।

मुस्लिम समुदायले मात्र नभइ नगर क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले आपसी भाइचाराको रुपमा मोहर्रम पर्वमा मनाउँदै आएका छन्।

More News last news
Loading...