सोलुखुम्बु : उडिरहेको हेलिकप्टरबाट सामान खसेपछि…

सोलुखुम्बु । सोलुखुम्बुको फेरामा उड्दै गरेको हेलिकप्टरबाट सामाग्री खसेको छ । फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्ने क्रममा हेलिकप्टरबाट गएको बिहीबार सामाग्री झरेको स्थानीयले बताएका छन् ।

केहि समयदेखि फालु विमान स्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकप्टरबाट सिरकलगायतको सामाग्री झरेको उनीहरुको भनाइ छ।

Advertisement

कैलाश एयरको माइक लिमा कल साइन भएको हेलिकप्टरबाट सामाग्री खसेपछि स्थानीयले असुरक्षाको महसुस गरेका छन्। उड्दै गरेको हेलिकप्टरबाट सामाग्री झरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयकोसमेत ध्यानाकर्षण गराएका छन्। लापर्वाहीका कारण सामाग्री झरेको उनीहरुको आरोप छ।

More News last news
Loading...