काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी आज (आइतबार) नेपाल भ्रमणमा आउन लागेका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ आफ्नो निमन्त्रणामा आइतबारदेखि नेपालको तीन दिने औंपचारिक भ्रमण आउन लागेको गराएका छन्। भ्रमणका क्रममा उनले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने छन्।
भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए। उनले चीनको विकासबाट नेपालले बढिभन्दा बढी लाभ लिने गरी चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल केन्द्रित गर्ने नेपाल सरकारको योजना पनि बताए।
छलफलमा विगतमा गरिएका रेल सेवा सञ्चालन, पारवहन सम्झौताको कार्यान्वयनका विषयलाई पनि जोड दिन लागिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गरेको दुई हप्ता नबित्दै चीनका विदेशमन्त्री वाङले पनि नेपालको औंपचारिक भ्रमण गर्न लागेका हुन् चिनियाँ विदेशमन्त्री वाङको सो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ।
परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने तय भएपनि समय भने निश्चित नभएको स्पष्ट पारे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
