इलाम । इलाममा शनिबार ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ। इलामबाट झापातर्फ बाँस बोकेर जाँदै गरेको मे १ ज २२५६ नम्बरको ट्रक सडकबाट झण्डै ५० मिटर तल खस्दा चालकसहित दुई जनाको ज्यान गएको हो।
ज्यान गुमाउनेमा एक जना झापाको दमक नगरपालिका–५ का ध्रुब कार्की रहेको प्रहरीले जनाएको छ। मृतकको भाउजुले प्रहरीलाई फोन गरेर ट्रकको चालक मेरो देवर हो भनेको आधारमा उनको पहिचान गरिएको इलामका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रमेश राईले जानकारी दिनुभयो।
अर्का एक जनाको भने सनाखत हुन सकेको छैन। उनको शव ट्रकमुनि किचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा घाइते भएका नरेश खड्का र रमेश चौहानको भने बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार भैरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
