प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै १५ वर्षीया किशोरीमाथि एसिड प्रहार, आरोपित पक्राउ

वीरगञ्ज । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै शुक्रबार बिहानै १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको छ।

छपकैया स्थित आफनो घरबाट विर्तामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा बिहान जाने क्रममा पर्साको वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चौकमा शुक्रबार बिहान ६ बजेर १० मिनेटमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो।

Advertisement

खातुन वीरगञ्जमा आफ्नो मामाघरमा बस्दै आएकी थिइन् । पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने १६ वर्षका सम्साद मिया र सोही उमेरका माजिद आलमले खातुनमाथि एसिड प्रहार गर्दा उनको दाहिने गाला, छाती र हात जलेको एसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई जानकारी दिए।

राठौरका अनुसार मुस्कानलाई कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचारका लागि पठाइएको छ । प्रहरीले एसिड प्रहारमा संलग्न मुख्य व्यक्ति सम्साद मियालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । माजिद आलम भने फरार रहेका छन् ।

More News last news
Loading...