काठमाडौँ । सीता एयरको एक सिंगल इन्जिन जहाज बुधबार बिहान दुर्घटनाबाट जोगिएको छ। यो विमानको इन्जिन आकाशमै फेल भएपनि पाइलटको कुशलताका कारण विमान दुर्घटना हुनबाट जोगिएको हो। विमान उडाएका थिए–पाइलट भरत थापाले।
सीता एयरको ड्रोनियर ९एन–एजेएच कलसाइन भएको विमानले एउटै इन्जिनको भरमा लुक्लादेखि काठमाडौंसम्मको उडान भरेको थियो। उडानमा चालक दलका सदस्य मात्रै रहेका थिए । थापा अनुभवी पाइलट मानिन्छन्।
जहाज उडानकै क्रममा प्राविधिक समस्या आए पनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
