को हुन्, शालिकरामले आत्महत्या गर्नुपूर्व भिडियो खिचिदिने व्यक्ति, यस्तो भन्छ अदालत

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रमाणको रुपमा पेश गरिएको भिडियो अर्को व्यक्तिले नै खिचेको अदालतको तथ्य विश्लेषणमा उल्लेख गरिएको छ।

जिल्ला अदालत चितवनका एक नम्बर न्यायाधीश हेमन्त रावलको बेञ्चमा हेरिएको उक्त मुद्दाको तथ्य विश्लेषण खण्डको पृष्ठ ७ र ८ मा शालिकराम एक्लैले भिडियो खिचेको होइन भन्ने कुरा उल्लेख गरिएको छ।

Advertisement

अदालतले भिडियो रेकर्ड गर्ने कार्यमा अर्को व्यक्ति पनि संलग्न थियो भन्ने ठहर गरेकाले कतै यो भिडियो सुरुमा अस्मितालाई धम्क्याउन वा आफूप्रति नरम गराउन कुनै व्यक्तिको सहयोग लिएर भिडियो रेकर्ड गराएका त थिएनन् भने सवाल पनि उठाएको छ । यद्यपि, अस्मिताले बयानमा त्यो भिडियोपछि सामाजिक सञ्जालमा मात्रै हेरेर थाहा पाएको बताएकाले त्यो सम्भावना पनि सकिएको छ ।

 

More News last news
Loading...