काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले बिभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थपेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोकेको महासचिव विष्णु पौडेलले बताए।
बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुखको जिम्मा दिएको छ। यो विभागको उपप्रमुखमा यसअघि खोटाङको सहइञ्चार्ज रहेका रामकुमार राईलाई ल्याइएको छ।
त्यस्तै पत्रकार तथा लेखक विष्णु रिजाल विदेश विभागको उपप्रमुखमा नियुक्त भएका छन् । बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्वराजदूत प्रमेश हमाललाई चयन गरेको छ।
कसले कुन जिम्मेवारी पाए ?
भानुभक्त ढकाल : राष्ट्रिय सुरक्षा विभाग प्रमुख
डोरमणि पौडेल : प्रादेशिक मामिला विभाग उपप्रमुख
बेदुराम भुसाल : स्कूल विभाग उपप्रमुख
बिष्णु रिजाल : विदेश विभाग उपप्रमुख
रामकुमार राई : सुरक्षा विभाग उपप्रमुख
सहकारी विभाग उपप्रमुख : कमल चौलागाई
प्रमेश हमाल : नीति अध्ययन प्रतिष्ठान सहसंयोजक
रामकुमारी झाँक्री : इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज
अमृता थापामगर : महिला संघ सहइन्चार्ज
सीता पौडेल : महिला संघ सहइन्चार्ज
सत्य पहाडी : कर्णाली सम्पर्क कमिटी इन्चार्ज
वीरमान चौधरी : सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज
सुरेश आलेमगर : आदिवासी जनजाति सहइन्चार्ज
शेरवहादुर तामाङ : आदिवासी जनजाति सहइन्चार्ज
तिलक परियार : दलित मोर्चा सहइन्चार्ज
बोमवहादुर विक : दलित मोर्चा सहइन्चार्ज
महेश्वर दाहाल : प्रेस संगठन सहइन्चार्ज
केदार न्यौपाने : जनसांस्कृतिक महासंघ इन्चार्ज
खगेन्द्र राई : जनसांस्कृति महासंघ सहइन्चार्ज
जीवन घिमिरे : खेलकुद महासंघ सहइन्चार्ज
अजम्बर काङमाङ : खेलकुदु महासंघ सहइन्चार्ज
हिक्मत कार्की : शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज
जिल्ला सहइन्चार्जहरु
तिलकुमार मेन्याङबो : ताप्लेजुङ
भगवती चौधरी : सुनसरी
प्रमोदनारायण यादव : सिरहा
हरिनारायण चौधरी : सिरहा
चुडामणि जंगली : कास्की
दीपक देवकोटा : कैलाली
रामचन्द्र साह : पर्सा इन्चार्ज
बलराम खत्री : मजदूर विशेष जिल्ला कमिटी सचिव
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
