भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन

नयाँदिल्ली । भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको छ।

उनी ६६ वर्षका थिए । शनिबार एम्सले एक विज्ञप्ती जारी गर्दै जेट्लीको निधनमा भएको पुष्टि गरेको छ। विज्ञप्ती भनिएको छ ,‘ अत्यन्त शोकका साथ हामी श्री अरुण जेट्लीको दुःखद निधनको जानकारी गराउछौं।’

Advertisement

अरुण जेट्ली पछिल्लो दुई वर्षदेखि अस्वस्थ थिए । सन् २०१८ मा अरुणको मिर्गौला प्रत्यारोपण शल्यक्रिया गरिएको थियो। त्यस बेलादेखि नै उनलाई भीडमा नजान सल्लाह दिइएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा अरुणलाई मोदीको विश्वास पात्रको रुपमा हेरिन्थ्यो। त्यस अवधिमा अरुणलाई अर्थ मन्त्रालयबाहेक पदाधिकारीविहिन भएको जुनसुकै मन्त्रालयको जिम्मेबारी दिइएको देखिएको थियो।

अर्थमन्त्रीको रुपमा नरेन्द्र मोदीको पहिलो प्रधानमन्त्रीत्वकालको सबै पूर्ण बजेट अरुणले पेस गरेका थिए। तथापि उनको स्वास्थमा समस्या आएपछि सन् २०१९ को अन्तरिम बजेट उनका सहकर्मी पियुष गोयलले प्रस्तुत गरेका थिए।

More News last news
Loading...