काठमाडौं ।आज हिन्दुहरुले कृष्णाष्टमी पर्व धुमधामका साथ मनाएका छन्। विभिन्न कृष्ण मन्दिरहरुमा पुगेर भक्तजनहरुले दर्शन पनि गरेका छन् । यो बीचमा कृष्ण मन्दिरमा भागदौड हुँदा ४ जनाको मृत्यु भएको छ।
पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। सो भागदौडमा परी अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन्। शुक्रबार कृष्णाष्टमीको अवसरमा पूजाआजा गर्न गएका हिन्दू तीर्थालुहरुबीच भागदौड भएको हो।
उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिहरुको मृत्यु भएको हो । उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको थियो।
उक्त दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकैको अस्पताल लगिएको छ । घाइते के कतिजना छन् भन्ने बारेमा पूर्ण विवरण आएको छैन। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
