१८ करोड रुपैयाँ हिनामिना आरोपमा बैंक म्यानेजर पक्राउ

दाङ । दाङको नारायणपुरमा रहेको देवः विकास बैंकमा करिब १८ करोड हिनामिना गरेको आरोपमा बैंकका म्यानेजर पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १५ भरतपुर निबासी २९ वर्षीय समिर बुढाथोकीलाई दाङ प्रहरीले पक्राउ गरेको हो।

देवः विकास बैंकबाटै १७ करोड ९९ लाख ९० हजार रुपैयाँ अनियमितता गरेको उजुरी प्रहरीमा परेको थियो । घोराही उपमहानगर १० नारायणपुरमा रहेको शाखाबाट कर्जा स्वीकृति नगराई ऋण प्रवाह गरेको बुढाथोकीलाई आरोप छ।

Advertisement

वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा देवः विकास बैंकसँग गाभिएको थियो । बुढाथोकी २०६७ सालदेखि वेस्टर्न डेभेलपमेण्ट बैकमा कार्यरत थिए । बिगत डेढ वर्ष देखि उनी म्यानेजरका रुपमा काम गर्दै आएका हुन्।

More News last news
Loading...