काठमाडौँ प्रहरीमा पनि रवि लामिछानेविरूद्ध मुद्दा

काठमाडौँ । पत्रकार शालिग्राम पुडासैनीको परिवारले आइतबार काठमाडौँमा किटानी जाहेरी दिएका छन्। काठमाडौं प्रहरी परिसर, टेकुमार्फत पुडासैनीको परिवारले पक्राउ परेका रवि लामिछाने, न्यूज २४ टीभीका युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएका हुन्। उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय, चितवनमा पठाइने बताइएको छ।

गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहिताले पीडितले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट किटानी जाहेरी दिनसक्ने व्यवस्था गरेको छ। तर, अनुसन्धान र कारबाही चाहिँ घटना भएकै स्थानमा हुनुपर्ने व्यवस्था छ।

Advertisement

तेह्र दिनको काजकिरिया सकिएपछि पुडासैनीको परिवार आइतबार जाहेरी दिन परिसर पुगेको हो।

More News last news
Loading...