काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३२ वटै विभाग नेतृत्व टुंगो लगाएको छ। नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले विभाग नेतृत्व छिनोफानो गरेको हो।
नेकपाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई विदेश विभाग प्रमुख बनाएको छ। पूर्व प्रधानमन्त्री नेपाल यसअघि एमालेको विदेश विभाग प्रमुख रहेका थिए।
अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालले नीति तथा प्रतिष्ठानको नेतृत्व पाएका छन् भने धेरै आकांक्षी रहेको स्कुल विभाग (हेडमास्टर)को नेतृत्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोरेलले पाएका छन्।
सचिवालय सदस्य वामदेव गौतम संगठन विभाग प्रमुख बनेका छन्। आर्थिक विभाग प्रमुख स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
