रवि लामिछाने बिनै ‘सिधाकुरा जनतासँग’ कार्यक्रम प्रशारण

काठमाडौं । न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कार्यक्रम प्रस्तोता बिनानै प्रसारण भएको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर कार्यक्रम प्रस्तोता रवि लामिछानलाई प्रहरीले पक्राउ गरेपछि उक्त कार्यक्रम उनी बिनै प्रसारण भएको हो।

Advertisement

नुवाकोटका पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि भन्दै सञ्चारकर्मी लामिछानेसहित ३ जनालाई प्रहरीले अनुसन्धानका लागि बिहीबार साँझ पक्राउ गरेको हो।

४ मिनेट १९ सेकेण्डको कार्यक्रममा रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसलाई हाइलाइट गरेर प्रसारण गरिएको थियो।

हेर्नुहोस् भिडियो

More News last news
Loading...