काठमाडौं । अन्ततः सञ्चारकर्मी रवि लामिछाने पक्राउ परेका छन्। उनलाई प्रहरीले आज न्युज २४ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो। प्रहरीले लामिछानेसँगै अर्का आरोपी युवराज कँडेललाई पनि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो। सोही घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अस्मिता कार्कीलाई यसअघि काठमाडौंबाट पक्राउ गरेको थियो ।
उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ। केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
