श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

काठमाडौं । चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा गोकर्णेश्वर नगपालिका-६ पुरानो शान्त भवन बस्ने मकवानपुर गढी गाउँपालिका-८ घर भएकी २५ वर्षीया शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

शिलाले २४ वर्षीय श्रीमान जालमान स्याङ्तानलाई सामान्य विवादको कारण तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

Advertisement

घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले शिलालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

More News last news
Loading...