भोली सोमबार सार्वजनिक विदा (विज्ञप्तिसहित)

काठमाडौं। प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन्।

शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन्।

Advertisement

प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन।

More News last news
Loading...