काठमाडौंको स्वयम्भूमा गोली चल्यो, दुई युवा पक्राउ

काठमाडौं । काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली हानेर दुई युवालाई पक्राउ गरेको छ।

शुक्रबार महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले लुटेरामाथि गोली चलाएको हो।
स्वयम्भुस्थित झिगु क्याफेमा लुटेरा पक्राउ गर्ने क्रममा प्रहरीको तर्फबाट दुई राउन्ड गोली चलाएको थियो।

Advertisement

प्रहरीको गोली लागेर लुटेरा मिलन तामाङको घोडामूनी गोली लागि घाइते भएका र अर्का लुटेरा रामेछाप स्थायी घर भएका अमृत तामाङ पनि पक्राउ परेका अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

प्रहरीको गोली लागि घाइते भएका लोप्साङ भन्ने मिलन तामाङले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रुपैयाँ मागेका थिए। उनले मागेको रकम नदिए अध्यक्षकी छोरीको ज्यानै लिने धम्की समेत दिएका थिए।

तामाङको यस्तो धम्कीपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको र त्यही उजुरीका आधारमा शुक्रबार स्वयम्भुको विजेश्वरीमा प्रहरीले तामाङको समुहलाई भेटाएको थियो।

More News last news
Loading...