हङकङमा दुई महिना यता भइरहेको प्रदर्शनले अझ कडा रुप लिएको छ। दैनिकजसो भएको प्रदर्शनले त्यहाँको जनजीवन प्रभावित भएको छ।
सहरका विभिन्न स्थानमा प्रदर्शन भएका छन्। ५ अगष्टमा सयौं उडान रद्ध भएका छन् । प्रदर्शनमा कर्मचारीहरु पनि सहभागी हुन थालेका छन्।
मास्क लगाएर सडक प्रदर्शनमा उत्रिएकाहरुमध्ये कर्मचारी समेत रहेका छन्। प्रहरीले प्रदर्शनकारीको गतिविधिलाई रोक्न अश्रुग्याँस प्रयोग गर्दै आएको छ । प्रदर्शनका क्रममा हिंसात्मक घटना समेत घटेका छन्।
सुपुर्दुगी सम्बन्धि कानुनको विरोधमा उठेको आन्दोलनले उचाई लिएको हो। चीनको भूभाग हङकङमा स्वतन्त्रताको नारा उठ्दै आएको छ । पछिल्लो आन्दोलनलाई चीनविरोधी आन्दोलनका रुपमा समेत लिइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
