अमेरिकाको आठौं विभत्स घटनाः अन्धाधुन्ध गोली चल्दा २० जनाको ज्यान गयो

अमेरिकाको टेक्सस राज्यमा भएको बन्दुक आक्रमणमा परेर कम्तीमा २० जनाको मृत्यु भएको र २६ जना घाइते भएका बताइएको छ।

एल पासो सहरमा भएको उक्त घटना टेक्ससका लागि “इतिहासकै सबैभन्दा घातक दिनमध्येको एक रहेको” टेक्ससका गभर्नरले बताएका छन्। घटना अमेरिका र मेक्सिकोको सीमाभन्दा केहीपर रहेको वालमार्ट स्टोरमा भएको हो ।

Advertisement

घटनामा संलग्न भएको भन्दै प्रहरीले एक २१ वर्षीय युवालाई हिरासतमा लिएको छ।सन्दिग्ध व्यक्ति एल पासोभन्दा एक हजार ४६ किलोमिटर पूर्वमा पर्ने ड्यालस सहरका बासिन्दा भएको बताइएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूले उनको नाम प्याट्रिक क्रुसिअस रहेको बताएका छन्। घटनामा परेका पीडितहरूको नाम भने हालसम्म खुलाइएको छैन।

मेक्सिकोका नागरिक पनि हताहत
मेक्सिकोका राष्ट्रपतिले आफ्ना तीन नागरिकको मृत्यु र ६ जना घाइते भएको बताएको रोएटर्स समाचारसंस्थाले जनाएको छ।पछिल्लो एक सातामा अमेरिकामा भएको यो दोस्रो बन्दुक आक्रमण हो।

यसअघि क्यालिफोर्निया राज्यमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो। टेक्ससमा भएको यो घटना अमेरिकाको पछिल्लो कालखण्डको आठौँ घातक बन्दुक आक्रमण भएको बताइन्छ।

More News last news
Loading...