बुटवल । बुटवलको बसपार्कमा रोकिराखेको बसको छतमा एक युवक मृत अवस्थामा भेटिएका छन्। गुल्मी चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय दीपक थापा बसको छतमा मृत अवस्थामा भेटिएका हुन्।
लु १ ख ६१३७ नम्बरको गाडीको छतमा थापाको शव सडेको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो। गाडी साउन २ गतेदेखि सोही ठाउँमा पार्किङ गरी राखिएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी भीमलाल भट्टराईले बताए।
शव कुहिएको अवस्थामा फेला परेको र हत्या या मृत्यु भएको हो अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
