बाजुरा । बाजुराको गौमुल गाउँपालिका –६ शान्ति टोलमा बिहीबार राति पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको ज्यान गएको छ।
पहिरोमा परेर अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोमा परेर ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी निस्मिताको ज्यान गएको हो।
अन्य ५जना घाइते मध्ये निरुताका ससुरा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएको र अन्य ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
