गुल्मीमा फेरि पहिरो, घर बगायो

काठमाडौं । गुल्मीमा फेरि पहिरो गएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मा गएराती पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ। घटनामा पाँच जना घाइते भएका छन्।

गएराति परेको अविरल वर्षाले छापचौरका विष्णु परियारको घर पहिरोले बगाउँदा १३ वर्षका छोरा चुन्ने परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए।

Advertisement

उद्वारका लागि जिल्लाबाट डीएसपी मीनबहादुर घलेको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ लागेको एसपी बस्नेतले जानकारी दिए।

घटनास्थलमा अहिले पुर्तिघाट प्रहरी चौकी र भुर्तुङ प्रहरी चौकिको प्रहरीको टोली र स्थानीय उद्वारमा खटिएका छन्।

More News last news
Loading...