बाढीले बगाएर ल्याएको काठ लिन जाँदा बबई नदीमा दुई जना बेपत्ता ✍️ नयाँपुस्ता डटकम ८ श्रावण २०७६, बुधबार १४:५३ बर्दिया । बाढीले बगाएर ल्याएको काठ लिन जाँदा बबई नदीले तीन जनालाई बगाएको छ । बाढीले बगाएका तीन जनामध्ये एक जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । Advertisement केन्द्रले बाढी आएको बेला दाउरा लिन तथा माछा मार्न नजान अपील पनि गरेको छ ।