भारतले अन्तररिक्षमा पठायो चन्द्रयान २, यस्ता छन् लक्ष्य !

काठमाडौँ । प्राविधिक कारणले एक हप्ताअघि स्थगित गरिएको चन्द्रयानलाई अन्तररिक्षमा पठाउने प्रयास भारतले सोमबार पुनस् थालेको छ। भारतीय अन्तरिक्ष निकाय आइएसआरओका अनुसार चन्द्रयानलाई स्थानीय समयनुसार २ः४३ मा प्रक्षेपण गर्ने योजना थियो।

आइएसआरओले उक्त अन्तरिक्षयान ुएक अर्ब सपनाहरूलाई चन्द्रमा लैजान पहिले भन्दा अझ प्रतिबद्धु भएको उल्लेख गरेको छ। भारतीय अन्तरिक्ष निकायले १५ करोड डलर लागतको उक्त परियोजना अन्तर्गत पहिलो चोटी कुनै अन्तरिक्षयानले चन्द्रमा दक्षिणी धुव्रमा अवतरण गर्ने उल्लेख गरेको छ।

Advertisement

यसअघि जूलाई १५ तारिखमा उक्त यान प्रक्षेपण गरिने घोषणा भारतले गरेको थियो। तर निर्धारित समयभन्दा ५६ मिनेट अघि प्रक्षेपण गर्ने वाहनमा प्राविधिक समस्या देखिएको भन्दै त्यसलाई स्थगित गरिएको थियो।

भारतीय सञ्चारमाध्यमले तापक्रमसँग सम्बन्धित इन्जीनमा रहेको हिलियम ग्यासको बोटलमा देखिएको चुहावटका कारण समस्या देखिएको उल्लेख गरेको छ। विलम्ब भएपनि चन्द्र मिसनलाई साथ दिएको भन्दै आइएसआरओले सबैलाई धन्यवाद दिएको छ।

चन्द्रमाको यात्रा कति लामो ?

चन्द्रयानको प्रक्षेपण तीन लाख ८४ हजार किलोमिटर यात्राको प्रारम्भ मात्रै हुनेछ। आइएसआरओले अन्तरिक्षयानले चन्द्रमाको सतहलाई सेप्टेम्बर ६ वा ७ तारिखमा छुने उल्लेख गरेको छ। भूउपग्रहलाई गुरूत्वाकर्षणले चन्द्रमा तिर तानोस भन्नका लागि भारतीय अन्तरीक्ष निकायले पृथ्वीबाट गोलो मार्गहुँदै अन्तरिक्षयानलाई प्रक्षेपण गर्ने निर्णय लिएको छ।

चन्द्रयानलाई सिधा मार्गबाट प्रक्षेपण गर्न सक्ने समार्थ्य भएको रकेट भारतसँग छैन। वैज्ञानिकहरूले ल्याण्डर अलग भएर अन्तरिक्षयान चन्द्रमाको दक्षिणी धुव्र तिर धकेलिएको १५ मिनेट डरलाग्दो हुने आकलन गरेका छन्।

उनीहरूका अनुसार त्यो महत्त्वपूर्ण घडीमा अन्तरिक्षयान नियन्त्रण गरिरहेका मानिसहरूको कुनै पनि भूमिका हुनेछैन। सबै प्रणालीले योजना गरेअनुसार नै आफ्नो कार्यसम्पादन गरे चाहे जस्तो अवतरण हुनेछ अन्यथा यो चन्द्रमा सतहमा दुर्घटनाग्रस्त हुनेछ। यसै वर्षको सुरुमा इजरेलको पहिलो चन्द्रमिसन चन्द्रमाको सतहमा टेक्ने प्रयासमा दुर्घटनाग्रस्त हुन पुगेको थियो।

टोलीमा को छन् ?

झण्डै एक हजार इन्जिनियर तथा वैज्ञानिकहरू यो मिसनमा खटिएका छन्। तर पहिलो पटक आइएसआरओले यस्तो प्रकृतिको अन्तरिक्ष दलमा महिलाहरूलाई नेतृत्वको जिम्मेवारी दिएको छ। दुई जना महिलाले भारतको चन्द्रमा यात्राको नेतृत्व गरिरहेको छन्। कार्यक्रम निर्देशक मुथया भनिथाले वर्षौ यता चन्द्रयान दुईलाई हेरिरहेको र त्यसलाई रितु कारीधालले अघि बढाउनेछिन्। बीबीसी

More News last news
Loading...