काठमाडौं । यात्रुले खचाखच भरिएको जीप दुर्घटनामा परेको छ। बाजुराको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा जिप दुर्घटना भएको हो।
कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको प १ ज २१ नम्मरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ३ जनाको मृत्यु बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिनुभयो। घटनामा ११ जना घाइते भएका छन्।
जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेको प्रहरीले जनाएको छ। जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको बताएको छ। घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
