नेपाल-भारत क्रस बोर्डर पेट्रोलियम पाईपलाईनबाट तेल आउन सुरु

काठमाडौ । नेपालमा पाईपलाईनबाट पेट्रोलियम पदार्थ आउँन सुरु भएको छ । नेपाल भारत क्रस बोर्डर पेट्रोलियम पाईपलाईन तयार भएपछि डिजेल आउँने सुरु भएको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी) को मोतिहारी डिपोबाट दिउँसो २ बजे छाडिएपछि डिजेल बिहीबार साँझदेखि नै नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आईपुगेको निगमको अमलेखगन्जस्थित डिपोले जनाएको छ।

Advertisement

आइओसीको अनुदानको सहयोगमा बनेको पाईपलाईनबाट आउँने डिजेल तत्काल अमलेखगन्ज डिपोमा भने खन्याईने छैन। डिजेल पाईपमै राखेर उद्घाटनको दिनमात्र भल्ब खोलेर डिजेल पाईपबाट भण्डारगृहमा पठाईने भएको छ।

पाईपलाईनबाट आएको तेल भण्डारन गर्नका लागि अमलेखगन्जको डिपोमा ४ वटा ट्यांकी समेत बनिसकेका छन्। उनका अनुसार २ वटा ट्यांकी ३९ किलोलिटर र २ वटा ट्यांकी ४१ किलोलिटर क्षमताका छन्।

उनले नेपालतर्फ ३६.२ किमि पाइपलाइन र भारततर्फ ३२.८ किलोमिटर पाइपलाइन बिछ्याइएको छ। पाइप बिछ्याउने काम सकिएपछि पानी हालेर ‘हाइड्रोलिक टेस्ट’ सुरु गरिएको थियो।

उक्त परीक्षण सफल भएपछि तेल ल्याउँन थालिएको हो। पाईपलाईनबाट तेल आउँने भएपछि नेपालको बार्षिक २ अर्ब जोगिनेछ।

More News last news
Loading...