काठमाडौँ । नयाँ आर्थिक वर्षको सुरूवातसँगै सरकारले आज (साउन १) बाट प्यान अनिवार्य गरेको छ। यसले गर्दा कुनै पनि फर्म, निकायले स्थायी लेखा नम्बर (प्यान) बिना तलब दिन नपाउने भएको छ।
उनीहरुले दिने तलब खर्च भएका कारण लेखा परीक्षण गर्दा यसलाई खर्चमा लेख्ने गरिन्छ। यदि प्यान नम्बर बिनाको कर्मचारीलाई तलब दिएको छ भने त्यस्ता कम्पनीले खर्चको रुपमा देखाउन पाउने छैनन्।
कुनै पनि कर्मचारीलाई तलब बैङ्क खातामार्फत् दिनुपर्ने भएकाले प्यान अनिवार्य हुनेछ।
यसरी लिनुहोस् प्यान
सबैभन्दा पहिला आन्तरिक राजस्व विभागको वेभसाइट www.ird.gov.np
टाइप गरेर होम पेजमा भएको Taxpayer मा क्लिक गरेर Registration मा जानु होस । त्यसपछि एप्लिकेसन फर रजिष्ट्रेसनमा क्लिक गरी नाम थर भएको बक्समा आप्नो नाम र थर लेखेर भर्नुहोस् ।
त्यसपछि युजर नेममा आफुले सम्झने नाम राख्नुहोस् । पासवर्ड हाल्नुहोस् र फेरि अर्को बक्स रिपासवर्डमा त्यही अघि राखेको पासवर्ड राख्नुहोस् । सम्पर्क नम्बर र इमेल ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना आइआरओ नम्बरमा खुलाउनुहोस् । त्यसपछि ओके बटनमा थिच्नुहोस् ।
यति गरेपछि तपाइको व्यक्तिगत विवरण माग्नेछ । सो अनुसार भर्दै जानुहोस र सबमिट गर्नुहोस् ।
सबमिट भएपछि सबमिट र सेभ अप्सन इनेबल हुन्छ ।
त्यसपछि प्रिन्टमा थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस् ।
सोही प्रिन्ट लिएर सम्बन्धित कार्यालयमा जानुहोस् ।
कार्यालयले तपाईंलाई विवरण जाँच गरेर प्यान नम्बर दिनेछ । यसका लागि कुनै शुल्क लाग्ने छैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
