अपडेटः बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ६० पुग्यो, २६ अझै बेपत्ता

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन्।

प्रहरी प्रधान कार्यालयले आइतबार दिउँसो साढे ४ बजे अपडेट गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २४ महिला र ३६ पुरुषको ज्यान गएको छ।

Advertisement

प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिरोबाट ३८ जना घाइते भएका छन्। घाइते १७ महिला र २१ पुरुषाको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यी घटनामा २६ जना अझै बेपत्ता भएका छन्। बेपत्ता रहेका १२ महिला र १४ पुरुषको खोजी जारी रहेकोजनाइएको छ। अहिलेसम्म एक हजार ४४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

More News last news
Loading...