जनकपुर । अविरल वर्षाका कारण जनकपुर–जयनगर रेल्वे को लिक टुटेको छ। कमला नदीमा आएको बाढीले धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनरुवामा रहेको रेल्वे लिकमाथि ५ फिटसम्म पानी जमेपछि लिक टुटेको हो।
रेल्वेको करिब ६० देखि ७० मिटर सम्मको लिक टुटेको विभागका जनकपुर इन्जिनीयर विनोद प्रसाद ओझाले जानकारी दिए। ओझाका अनुसार लिकमा अहिलेसम्म पानी जमेको छ।
जनकनन्दनी गाउँपालिकामा बाढीका कारण करिब २ हजार घर परिवार विस्थापित भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
