साउन २ र १० गते नेपाल बन्द !

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले नेपाल बन्द लगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध उत्रिएको नेपाल आदिवासी जनजाति महासंघले नेपाल बन्द लगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

Advertisement

विज्ञापन खारेजीको गर्न माग गर्दै आरक्षण बचाऔ आन्दोलन थालेको महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । बन्दलाई सम्पूर्ण आदिवासी जनजातीय संगठनहरुले समेत समर्थन गरेका छन् ।

महासंघले असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस, असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन, साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको छ ।

यस्ता छन् आन्दोलनका कार्यक्रमहरु : 

२०७६ असार २८ गते प्रचार–प्रसार र पर्चा वितरण काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरूमा ।

२०७६ असार २९ गते साँझ मसाल जुलुस काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूबाट ।

२०७६ असार ३० गते साँझ सिठ्ठी जुलुस काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरूबाट ।

२०७६ असार ३१ गते उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुस सहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर ।

२०७६ साउन २ र १० गते नेपाल बन्द ।

More News last news
Loading...