नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो झरेका कारण यातायात सञ्चालनमा समस्या भएको छ।

सडकमा पहिरो झरेपछि अहिले सो खण्डमा मुस्किलले एकतर्फी मात्रै गाडी चलिरहेका छन्। बिहीबार राति भएको वर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालनमा आएको हो।

Advertisement

यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै गाडी चलेको र ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।

एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको पनि प्रहरीले जनाएको छ।

More News last news
Loading...