देशभर वर्षा, खोला छेउछाउमा नजान र शर्तक रहन आग्रह

काठमाडौं । देशभर अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा विहानदेखि अविरल वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश स्थानहरुमा वर्षा हुने जनाएको छ।

केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। अविरल वर्षाले नारायण नदीको पश्चिमतर्फ डुबानहरु भइरहेको छ । बाँकेमा भारी वर्षाले डुबान भएको छ । सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण दुई वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ।यसैगरी, देशका साना खोलाहरुमा एक्कासी बाढी आउने खतरा औल्याइएको छ।

Advertisement

अविरल वर्षाका कारण चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपासका जिल्लाबाट बहने केही साना खोलाहरुमा एक्कासी बाढी आउनसक्ने बाढी सूचना केन्द्रले जनाएको छ। २५ असारको विहान सूचना जारी गर्दै केन्द्रले राजमार्गमा रातको समयमा यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ।

More News last news
Loading...