इटलीका ओलम्पिक खेलाडीले बचाए डुब्दै गरेका नवविवाहितको ज्यान

यदि तपाइँ समुन्द्रमा पौडी खेल्दा गहिराइमा जान चाहनुहुन्छ भने नजिकै ‌‍ओलम्पिक पौडी खेलाडी छन् भने पक्कै सहज होला। इटलियन फिलिप्पो माग्नीनीले आइतवार डुब्दै गरेका एन्ड्रिया बेनेडेट्टोलाई बचाएका छन्।

डुब्न लागेका व्यक्तिको साथीहरूले काला सिनजियास बिचमा गुहार मागेपछि पूर्व विश्व च्याम्पियन माग्नीनी उद्धारका लागि पानीमा पसेका थिए। माग्नीनीले बेनेडेट्टोको डुङ्गामा उद्धारकर्ताहरू नआइपुगेसम्म टाउकोलाई पानी माथि उठाएर राखिदिए।

Advertisement

“मैले जे गर्नुपर्ने हो त्यही गरेँ,” सन्यास लिइसकेका खेलाडीले भने। दुई दिन अगाडि मात्रै ४५ वर्षीय बेनेडेट्टोले आफ्नो प्रेमीसँग विवाह गरेका थिए। आइतवारको घटनाको सो जोडीको एक साथी र बीबीसी पर्सियनका पत्रकार सोरोस पाक्जाड प्रत्यक्षदर्शी थिए।

त्यो जोडी पानीमा तैरिने हावा भरिएको डुङ्गामा बसिरहेको बेला बेनेडेट्टो पानीमा खसेका थिए र चिसो पानीमा आफ्नो स्वास्थ्यस्थितिका कारण उनी पौडिन असफल भएका थिए।

उनको साथीहरूको गुहार उद्धारकर्ताहरूले सुनेका थिए र डुङ्गामा उद्धारका लागि निस्किएका थिए। तर ३७ वर्षीय माग्नीनी नजिकै थिए र उनी चाँडो सङ्घर्षरत मानिससम्म पुगे। “उनलाई गार्‍हो भएको थियो, डराएका पनि थिए, र पानी पिएका थिए,” माग्नीनीले इटलीको एक पत्रिकालाई भने।

माग्नीनी आफ्नो प्रेमिकाका साथ

“जब मैले उसलाई समातेँ उनी बोल्न पनि सक्दैन थिए।” हावाले डुङ्गा उडाएपछि बेनेडेट्टोका पतिले उनको टाउको पानीमाथि राख्ने प्रयास गरेका पाक्जाडले बताए।

उद्धारपछि बेनेडेट्टोलाई अस्पताल पुर्‍याइएको थियो। “जब मलाई होश आयो मैले पहिले मेरो श्रीमानका बारेमा सोचेँ,” उनले भने।

“दुर्घटनाको केही घण्टापश्चात् मैले अस्पतालमा नै मलाई फिलिप्पो माग्नीनीले बचाएको थाहा पाएँ तर मैले उनलाई धन्यवाद भन्न पाइनँ। मसँग उनको सम्पर्क छैन तर उनलाई भेटेर धन्यवाद भन्न चाहन्छु।”

More News last news
Loading...