काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद भीम बहादुर रावलले वर्तमान सरकारले एकपछि अर्को गरेर विवादस्पद निर्णय गरेकोले जनतामा आलोचित बनेको आरोप लगाएका छन्। उनले आफूले पार्टी अनुशासनमै रहेर सरकारको गलत कामको भण्डाफोर गरेको पनि स्पष्ट पारेका छन् ।
सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले यस्तो बताएका हुन्।
आफूले सरकारको वा प्रधानमन्त्री ओलीको विरोध नगरेको बरु नेपालको संविधान, पार्टीको विधानको रक्षा गरेको रावलको तर्क छ । रावलले प्रश्न गरे,”यो सरकारलाई कमजोर बनाउनको लागि एशिया प्रशान्त क्षेत्रको सम्मेलन मैले गर्न लगाएको हो र ?”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
