एजेन्सी । आयोजक ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । उपाधि दाबेदार मानिएको अर्जेन्टिना लाई २-० ले स्तब्ध बनाउँदै ब्राजिल उपाधि नजिक पुगेको हो ।
खेलको १९ औं मिनेटमा ब्राजिलका लागि ग्याब्रीएल जेससले गोल गर्दै अग्रता दिलाए । खेलको ३० औं मिनेटमा अर्जेन्टिनाले खेल बराबरीमा ल्याउने सुवर्ण अवसर पाए पनि सदुपयोग भने गर्न सकेन् । दोस्रो हाफको सुरुवात देखिनै अर्जेन्टिनाले ब्राजिललाई दबाबमा राखेपनि गोल गर्न भने सकेन् ।
ब्राजिलले ७१ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दोब्बर बनायो । काउन्टर अट्याकमा अगाडी बढेको ब्राजिलका लागि रोबर्टो फिर्मिनोले गोल गर्दै जित दिलाए ।
ब्राजिलले उपाधिका लागि चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
