काठमाडौं । ओली सरकार नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११ महिनामा झण्डै साढे १५ करोड रुपैयाँ बाँडेको छ ।
आर्थिक सहायता, उपचार खर्च र क्षतिपूर्ति लगायतका बिभिन्न शीर्षकमा मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर सरकारले उक्त रकम वाडेको हो ।
वितरण भएको १५ करोड ३९ लाख रुपैयाँ रकममध्ये केही रकम पाउनुपर्ने व्यक्ति र संस्थाले पाए । धेरैजसो रकम भने पार्टीका कार्यकर्ता र संस्थाको नाममा वितरण भएको छ ।
सरकारले दिएको रकम पाउनेमा पार्टीका कार्यकर्ता देखि संस्थादेखि पूर्वमन्त्री र पूर्व सांसद रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
