भारतबाट अपराधी ल्याएर छोरीले गरिन आमाको हत्या (भिडयोसहित)

काठमाडौँ र एउटी छोरीले आफ्नी अबैध प्रेमका कारण १२ लाख रुपैयाँ दिएर प्रेमीमार्फत भारतीय अपराधी ल्याएर हत्या गरेको एउटा घटना सार्वजनिक भएको छ।

आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्याको अनुसन्धानपछि यो कुरा खुलेको हो।

Advertisement

प्रहरीले थालेको अनुसन्धानमाा २४ घण्टा नबित्दै हत्यारा पत्ता लगाएन मात्रै हत्याको कारण समेत खुलाएको छ। सोमबार अपराध अनुसन्धान महाशाखामा पत्रकार सम्मेलन गरी मृतक भट्टराइको हत्या उनकी छोरीको योजनाअनुसार भएको खुलाएको हो।

मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको र आमाले यसको बिरोध गर्दा हत्याकै योजना बनाएको प्रहरीको दाबी छ।

विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...