काठमाडौं । संखुवासभामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएपछि घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाइएको छ।
नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन गरिएको हो। संखुवासभाको सिलिचुङ गाउँपालिका-१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेपछि भिडन्त हुन पुगेको थियो।
यद्यपि दुबै पक्षतर्फ कुनै क्षति नभएको भएपनि सो क्षेत्रमा विप्लव समूहको गतिविधि बढेको निश्कर्षसहित सुरक्षाकर्मी परिचालन गरिएको हो। प्रहरी स्रोतका अनुसार नेपाली सेनाको हेलिकप्टरसहित प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
