चीन । चीनलाई हङ्कङ हस्तान्तरण गरिएको २२औँ वार्षिकोत्सव मनाइँदै गर्दा हङ्कङमा प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको छ।
हङ्कङकी प्रमुख कार्यकारी क्यारी लाम झण्डोत्तोलन समारोहमा सहभागी भइरहँदा उक्त क्षेत्रमा दङ्गा प्रहरी परिचालन गरिएको छ। उनीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयासस्वरूप पीपर स्प्रे अर्थात् आँखा पिरो पार्ने रसायन प्रयोग गरेका छन्।
यसअघि हङ्कङमा दशौँ हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू पनि प्रहरीको समर्थनमा र्यालीमा उत्रेका छन्। सेतो र नीलो रङ्गका लुगा लगाएका प्रदर्शनकारीहरूले चिनियाँ झण्डा बोकेका थिए।
त्यहाँ एक महिनायता सुपुर्दगीसम्बन्धी एउटा विधेयकको विरोधमा प्रदर्शनकारीहरूले सहरमा प्रदर्शन गरेका छन्। सन्दिग्धहरूलाई अभियोजनका लागि मुख्यभूमि चीन पठाउने सकिने प्रस्तावित व्यवस्थाको विरोधमा त्यहाँ अहिलेसम्मकै दुई ठूला र्यालीहरू आयोजना भएका थिए।
जुलाई १२ मा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गर्दै भिडलाई तितरबितर पार्दा त्यहाँ थुप्रै दशकपछि हिंसक प्रदर्शनहरू भएका थिए।
हङ्कङकी न्यायमन्त्री टेरेजा चेङ्गले प्रहरी दमनमाथि अनुसन्धान हुने कुरालाई अस्वीकार गरेकी छन्। यद्यपि प्रदर्शनकारीहरूले सरकारलाई माफी माग्न र प्रस्तावित विधेयक निलम्बन गर्न बाध्य पारेका थिए।
समर्थकको र्याली कति ठूलो?
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आइतवार झण्डै एक लाख पैँसट्टी हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू तमार पार्कमा भेला भएका थिए। तर विधेयकका विरुद्धमा उभिएकाभन्दा ती निकै कम मानिस हुन्। अभियानकर्मी समूहहरूले आफ्नो पछिल्लो र्यालीमा २० लाख मानिसहरू सहभागी भएको बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
